सकिन मैले आज मन उस्को जित्नलाई
थिएन मसँग पैसा माया उस्को किन्नलाई
सधै कम्जोर थिए बिस्वास उस्को छिन्नलाई
गरीब म सधै भए मायाको ब्याज तिर्नलाई
लोभ र मोहनी लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो नाम छात्तिमा कोरेर देखाउछु
डाहा र रिस लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो माया छात्ती फोडेर देखाउछु
जुन मात्रै पो एउटा छ ताराहरु गन्ने पो कसरी
देखावटी माया लाउनेलाई आफ्नो भन्ने पो कसरी
ताराहरु त आफै झर्छ जुनलाई झार्ने पो कसरी
बैगुनी भएसी मायालु गुन्ले मर्ने होला पो कसरी

No comments:
Post a Comment